दफा १४
होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने

कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होसठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन ।